Skip to content

नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा

नेपालगञ्ज । नौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण गर्न सरकार गम्भीर रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बताएका छन् ।

प्रेस चौतारी बाँकेले यहाँ आयोजना गरेको कार्यक्रममा उनले उद्योग क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार पूर्वशर्त भएकाले तिनको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

मन्त्री भण्डारीले केही ठूला र मझौला उद्योग बढ्दै गएका बताउँदै रुग्ण उद्योगको संरक्षण सरकारको दायित्व हो भने । लगानी प्रबर्द्धन गर्दै विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारीलाई जोड दिइएको बताए । उनले आयात प्रतिस्थापन र निर्यात प्रब।्द्धनमा केन्द्रित रहेर काम गरिरहेको बताए ।

फरक प्रशङ्गमा मन्त्री भण्डारीसँग गरेको छलफलमा उनले संविधान संशोधनका विषयमा पनि सत्तासाझेदार दलबाहेकका अन्य राजनीतिक शक्तिहरुसँग विमर्श गरिने जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima