Skip to content
Prabhu

सेयर बजार बढ्दा पनि दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट, धेरै घट्ने पाँच कम्पनी

nabil

काठमाडौं । साताको कारोबार हुने पहिलो दिन सेयर बजार परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार रकममा सुधार आएको दिन सेयर बजारमा २ कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा समृद्धि फाइनान्स र गुराँस लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । यी दुई कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार दिनको भन्दा १० प्रतिशतले घटेको छ । समृद्धि फाइनान्सको सेयर मूल्य ९७ रुपैयाँ २० पैसाले घटेर ८७४ रुपैयाँ ८० पैसा पुगेको छ ।

त्यस्तै आज गुराँस लघुवित्तको सेयर मूल्य ३०५ रुपैयाँले घटेको छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य २ हजार ७५२ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै आजको कारोबार बन्द हुँदा धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा मकर जितुमाया सुरी हाइड्रोपावर, ग्लोबल हाइएमई ब्यालेन्स फण्ड–१ र माछापुच्छ्रे बैंक छन् ।

आज जितुमाया हाइड्रोपावरको सेयर मूल्य ६० रुपैयाँले घटेर ६९० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८ प्रतिशतले कम हो । त्यस्तै ग्लोबल आईएमई ब्यालेन्स फण्डको सेयर मूल्य ५.०४ प्रतिशत अर्थात् ०.५२ रुपैयाँले घटेर ९ रुपैयाँ ८० पैसा पुगेको छ । माछापुच्छ्रे बैंकको सेयर मूल्य पनि १४ रुपैयाँले घटेर २७६ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा ४.८३ प्रतिशतले कम हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal