काठमाडौं । बिहीबारको कारोबार बन्द हुँदा जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । समग्र नेप्से परिसूचक राताम्य भएको दिन यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको हो ।
आज जानकी फाइनान्सको सेयर मूल्य १०७ रुपैयाँ २० पैसाले घटेर ९६५ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज धेरै घट्ने शीर्ष पाँच कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक, सुपर माइहाइड्रोपावर, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र गुराँस लघुवित्त रहेका छन् ।
आजको कारोबार बन्द हुँदा नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८१ रुपैयाँले घटेर १ हजार ३५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.२६ प्रतिशतले कम हो । त्यस्तै आज सुपर माइहाइड्रोको सेयर मूल्य पनि ८६ रुपैयाँले घटेर १ हजार ११८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.१४ प्रतिशतले कम हो ।
आजको कारोबार बन्द हुँदा सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्लय पनि ७.०५ प्रतिशत अर्थात् १९२ रुपैयाँले घटेर २ हजार ५३२ रुपैयाँ पुगेको छ । गुराँस लघुवित्तको सेयर पनि आज १७१ रुपैयाँले घटेर २ हजार ४५० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.५५ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्