Skip to content
Prabhu

यूनाईटेड इदी मर्दीको लाभांश घोषणा, हकप्रद जारी गर्ने

nabil

काठमाडौं । यूनाईटेड इदीमर्दी एण्ड आर वि हाईड्रोपावर लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफा तथा संचित नाफाबाट चुक्ता पुँजीको कुल ४.२११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

जसमध्ये ४ प्रतिशत बोनस सेयर र ०.२११ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांश कम्पनीको आगामी १५औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ ।

साथै कम्पनीले बोनस सेयर जारी भएपछि कायम हुने चुक्ता पुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि अघि सारेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal