काठमाडौं । प्रामइ कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले बैंककै संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो ।
बैंकले बिक्रीमा राखेको सेयर र सोको मूल्य सम्बन्धी विवरणहरू भने खुलाएको छैन । यद्यपि यस सम्बन्धी विवरणका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न भनिएको छ । सेयर किन्न इच्छुक संस्थापकलाई ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न बैंकले आग्रह गरेको छ ।
साथै यस समयसीमा भित्र संस्थापकबाट सेयर किन्न आवेदन नपरेको खण्डमा सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्