काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
लघुवित्तले आफ्ना सेयरधनीहरुलाई कुल १४.७३६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले काल कायम चुक्ता पुँजी (१ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ) को १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैठकले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्