Skip to content
Prabhu

सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त

nabil

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रमेश राज कायस्थलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । मंसिर ७ गते बसेको संचालक समितिको बैठकले मंसिर ९ गतेदेखि लागू हुने गरी यो निर्णय गरेको हो ।

प्रमेश राज कायस्थले १४ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत छन् । उनी हाल बैंकको वित्त अधिकृतको जिम्मेवारीमा छन् । साथै उनी बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडका सञ्चालक पनि हुन् । सिटिजन्स बैंकले डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ ।

यो कार्डमार्फत् भर्चुअल रूपमा २ लाख ५० हजार रुपैयाँसम्मको क्रेडिट सीमा पाइने बैंकले बताएको छ । साथै बैंकले ग्राहकहरूको स्वास्थ्यलाई ध्यानमा राखी ‘हेल्थ एण्ड वेल्थ बचत खाता’ पनि ल्याएको छ । यो योजनामा ग्राहकले वर्षको एकपटक निःशुल्क होलबडी चेकअप, पाँच पटक छालाको परामर्श, दुईपटक दाँत र एकपटक आँखाको परामर्श पाउनेछन् ।

सिटिजन्स बैंकले देशभर १९७ शाखा, १६२ एटीएम र ७४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको छ। बैंकका १८ लाखभन्दा बढी ग्राहक छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal