काठमाडौं । सेयर बजार राताम्य भएर बन्द हुँदा पनि थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा भने उच्च वृद्धि भएको छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भउको हो ।
यो कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ९.९१ प्रतिशतले वृद्धि भएर १ हजार ७० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा ९६ रुपैयाँ ५० पैसाले धेरै हो । त्यस्तै ङादी ग्रुपको सेयर मूल्ल पनि ९ प्रतिशत भन्दा बढीले बढेको छ । यो कम्पनीको सेयर मूल्य ९.५८ प्रतिशत अर्थात् ४८ रुपैयाँले बढेर ५४९ रुपैयाँ पुगेको छ ।
त्यस्तै आजको कारोबार बन्द हुँदा नविल डिबेन्चर २०८२ को सेयर मूल्य पनि ९.०१ प्रतिशत अर्थात् ९६ रुपैयाँ ९० पैसाले बढेर १ हजार १७२ रुपैयाँ पुगेको छ । त्यस्तै आज जानकी फाइनान्सको सेयर मूल्य पनि ७७ रुपैयाँ ९० पैसाले बढेर १ हजार ४३ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा ८.०७ प्रतिशतले धेरै हो । सिभिल डिबेन्चर २०८८ को सेयर मूल्य पनि ७.३० प्रतिशत अर्थात् ७८ रुपैयाँ ९० पैसाले बढेर १ हजार १६० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्