Skip to content
Prabhu

नेप्से परिसूचक करिब १६ अंकले बढ्यो, कारोबार रकम ६ अर्ब ३४ करोड

nabil

काठमाडौं । सेयर बजार कारोबार हुने साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज १५ दशमलव ८३ अंकले बढेको हो ।

आजको कारोबार बन्द हुँदा परिसूचक २६८३ दशमलव २४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ६७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सटिभ इन्डेक्स पनि १ दशमलव ८६ अंकले बढेर ४७३ दशमलव ०६ विन्दुमा पुगेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा १३ उपसूचकमध्ये ११ उपसूचकको सेयर मूल्य बढेको छ भने २ उपसूचकको सेयर मूल्य घटेको छ ।

परिसूचक बढे पनि आज कारोबार रकममा भने केही गिरावट आएको छ । अघिल्लो दिन ७ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज ६ अर्बभन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३०९ कम्पनीका १ करोड २२ लाख ६३ हजार ७८० कित्ता सेयर ६५ हजार ८२४ पटक खरिद बिक्री हुँदा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५९७ रुपैयाँको कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal