Skip to content
Prabhu

श्रीलंकाको विद्युत् पूर्वाधार विकासका लागि एडीबीद्वारा २० करोड डलर ऋण स्वीकृत

मनिला । एसियाली विकास बैंक ९एडिबी० ले श्रीलङ्काको ऊर्जा क्षेत्रको पूर्वाधार विकासका लागि २० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको जनाएको छ ।

एडीबीले भनेको छ, ‘पूर्वाधारको विस्तार, आधुनिकीकरण र डिजिटलाइजेशन समाधानसहित विद्युतीय प्रणाली सुदृढीकरण र नवीकरणीय ऊर्जा एकीकरण परियोजनाले श्रीलङ्काको विद्युत मिश्रणमा नवीकरणीय ऊर्जालाई एकिकृत गर्ने, बिजुली अवरोध कम गर्ने र प्रसारण तथा वितरण घाटा कम गर्ने लक्ष्यलाई समर्थन गर्नेछ।’

अर्घाखाँची सिमेन्ट
Hyundai

एडीबीका अनुसार श्रीलङ्काले सन् २०१६ मा शतप्रतिशत घरधुरीमा विद्युतीकरण गरेको छ । सन् २०२३ मा यहाँको अधिकतम माग करिब दुई हजार ८०० मेगावाट (मेगावाट) पुगेको थियो । यसमा वितरित नवीकरणीय ऊर्जाको योगदान पनि समावेश गरिएको थियो । सन् २०३० सम्ममा मागमा उल्लेखनीय वृद्धि हुने अनुमान गरिएको छ। सन् २०२३ मा श्रीलङ्काको कूल स्थापित विद्युत् उत्पादन क्षमता पाँच हजार १९१ मेगावाट पुगेको थियो भने सन् २०२३ मा देशको विद्युत् उत्पादनको लगभग ५० प्रतिशत थर्मल पावर प्लान्टहरूबाट आएको थियो ।

यस परियोजनाले विद्युतको प्रसारण र वितरण सञ्जालको क्षमता विस्तार गर्दै नवीकरणीय ऊर्जाको बृहत्तर एकीकरणलाई सक्षम बनाउनेछ ।

परियोजनाअन्तर्गत नयाँ प्रसारण लाइन र सबस्टेसनसहित २२० किलोभोल्ट र १३२ किलोभोल्ट प्रसारण पूर्वाधार विस्तार, मध्यम भोल्टेज वितरण सञ्जालको आधुनिकीकरण र ग्रिड संरषण प्रणालीको स्तरोन्नति गर्ने बैंकले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्