Skip to content
Prabhu

२ अर्बको नागरिक बचतपत्र निष्कासन, भोलिदेखि आवेदन दिन सकिने

nabil

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्कासन गर्ने भएको छ । कार्यालयले ५ वर्षे अवधिको नागरिक बचतपत्र (क) २०८६ निष्काशन गर्ने भएको हो ।

बिहीबारदेखि बिक्री खुला गरिएको बचतपत्र खरिदका लागि आगामी पुस १४ गतेसम्म आवेदन दिन सकिने र पुस १६ गते निष्कासन हुनेछ । बचतपत्र खरिदकर्ताले पुस १६ गते नै साँवा भुक्तानी गर्नुपर्ने छ । बचतपत्र नेपाली नागरिक वा गैह्र आवसाीय नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । सरकारले आन्तरिक ऋण उठाउनको लागि बचतपत्र निष्कासन गर्ने काम गर्दछ ।

वार्षिक ७.५ प्रतिशत ब्याजदर रहने र अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्नेगरी बचतपत्र ल्याइएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । घटीमा १० हजार र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी बचतपत्र खरिद गर्न सकिनेछ ।

खरिद गर्न इच्छुक खरिदकर्तालाई अनलाइन आवेदन पेस गर्नुपर्ने छ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत सकिनेछ । जुनसुकै समयमा दोस्रो बजारमार्फत् खरिदबिक्री गर्न मिल्ने जनाइएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal