Skip to content
Prabhu

सेयर बजारमा हरियाली कायम हुँदा ७ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि

nabil

काठमाडौं । आज सेयर बजारमा हरियाली कायम भएर बजार बन्द भयो । आज सेयर बजार उच्च अंकले बढेको दिन ७ कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले वृद्धि भएको छ ।

आज सेयर बजार बन्द हुँदा विशाल बजार कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफानान्स वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

आजको कारोबार बन्द हुँदा विशाल बजार कम्पनीको सेयर मूल्य ४५० रुपैयाँले बढेर ४ हजार ९५० रुपैयाँ पुगेको छ । त्यस्तै कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ७६ रुपैयाँ ९० पैसाले बढेर ८४५ रुपैयाँ ९० पैसा पुगेको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंकका सेयर धनीहरुले पनि प्रतिकित्ता १४५ रुपैयाँ कमाए । यो कम्पनीको सेयर मूल्य आज १ हजार ५९५ रुपैयाँ पुगेको छ ।

सिन्धु विकास बैंकको सेयर मूल्य पनि ८२ रुपैयाँ ८० पैसाले बढेर ९१० रुपैयाँ ८० पैसा पुगेको छ । त्यस्तै सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य पनि २७५ रुपैयाँले बढेर ३ हजार २५ रुपैयाँ पुगेको छ । आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८९ रुपैयाँ ९० पैसा बढेर ९८८ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै मानुषी लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् २२७ रुपैयाँ २० पैसाले बढेर २ हजार ४९९ रुपैयाँ २० पैसा पुगेको छ ।

आजको कारोबार बन्द हुँदा ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । यो बैंकको सेयर मूल्य ९३ रुपैयाँ ३० पैसाले बढेर १ हजार २७ रुपैयाँ २० पैसा पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal