Skip to content
Prabhu

सेयर बजार घट्दा पनि ५ कम्पनीमा सकारात्मक सर्किट, ४ वटा डेभलपमेन्ट बैंक

काठमाडौं । आइतबार सेयर बजार परिसूचक एकल अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार घट्दा पनि पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सकारात्मक सर्किट लाग्ने कम्पनीमध्ये चारवटा डेभलपमेन्ट बैंक रहेका छन् ।

आजको कारोबार बन्द हुँदा विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलेपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज विशाल बजार कम्पनीको सेयर मूल्यमा ५४४ रुपैयाँ ५० पैसाले वृद्धि भएर ५ हजार ९८९ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् १६६ रुपैयाँ ५० पैसाले बढेर १ हजार ८३१ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै आज सिन्धु विकास बैंकको सेयर मूल्य ९३ रुपैयाँ ७० पैसाले बढेर १ हजार ३० रुपैयाँ ७० पैसा पुगेको छ । ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य १०२ रुपैयाँ ६० पैसाले बढेर १ हजार १२८ रुपैयाँ पुगेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि आज १०२ रुपैयाँले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य १ हजार १२२ रुपैयाँ पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्