Skip to content
Prabhu

जीवन बीमा कम्पनीहरुको व्यवसाय ५३ अर्ब माथि, कुन कम्पनीको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कात्तिक मसान्तसम्ममा आधा खर्ब भन्दा माथिको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले ४ महिनाको अवधिमा ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क अर्जान गर्ने कम्पनी नेपाल लाइफ नै बनेको छ । कम्पनीले यसअघिका बर्षहरुमा अग्रस्था कारोबारको ताज पहिरिदै आईरहेको थियो । कम्पनीले यसअवधिमा १५ अब ४० करोडको कारोबार गर्न सफल भएको छ । त्यस्तै प्राधिकरणको तथ्यांक अनुसार नेशनल लाइफको व्यवसाय ६ अर्ब ४३ करोड रुपैयाँ बराबरको व्यापार भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यस्तै एलआईसी नेपालको ६ अर्ब ५ करोडको कारोबार व्यवसाय गरेको छ । त्यस्तै हिमालयन लाइफले ५ अर्ब ५८ करोडको बीमाशुल्क आर्जन गरेको छ । प्राधिकरणका अनुसार यो अवधिमा ३ अर्ब २५ करोड रुपैयाँ, एशिएन लाइफ इन्स्योरेन्सले २ अर्ब ७४ करोड रुपैयाँ र सानिमा रिलायन्स लाइफले २ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै मेट लाइफले १ अर्ब ८७ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ७७ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६२ करोड रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छन् । त्यस्तै आईएमई लाइफले १ अर्ब ५३ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ५५ करोड र सन नेपाल लाइफले १ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्