काठमाडौं । सोमबारको सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । १२६ कम्पनीको सेयर मूल्य बढेको दिन ४ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लोगको हो ।
आजको कारोबार बन्द हुँदा तारागाउँ रिजेन्से होटल, विशाल बजार कम्पनी, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज तारागाउँ रिजेन्सीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य ११५ रुपैयाँले ५० पैसाले बढेर १ हजार २७० रुपैयाँ ५० पैसा पुगेको छ ।
त्यस्तै आज १० प्रतिशत बढ्ने कम्पनीमा विशाल बजार कम्पनी र खानीखोला हाइड्रोपावार कम्पनी रहेका छन् । आज विशाल बजार कम्पनीको सेयर मूल्य ५९८ रुपैयाँ ९० पैसाले बढेर ६ हजार ५८८ रुपैयाँ ४० पैसा पुगेको छ । खानीखोला हाइड्रोको सेयर मूल्य पनि आज २९ रुपैयाँ ३० पैसाले बढेर ३२२ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै आज जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ३३ रुपैयाँ ९० पैसाले बढेर ३७३ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले बढी हो ।
आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीभित्र परेको अर्को कम्पनी हो अपार स्याँङ्गे हाइड्रोपावर । यो कम्पनीको सेयर मूल्य ९.९५ प्रतिशत अर्थात् ७९ रुपैयाँले बढेर ८७३ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्