काठमाडौं । आज सेयर बजार परिसूचक दोहोरो अंकले बढ्दा नेपाल फाइनान्सको सेयर मूल्यमा भने उच्च गिरावट आएको छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्यमा सबै भन्दा बढी ८.७२ प्रतिशतले घटेको हो ।
यो कम्पनीको सेयर मूल्य ११८ रुपैयाँ ८० पैसाले घटेर १ हजार २४४ रुपैयाँ पुगेको छ । त्यस्तै आज धेरै घट्ने शीर्ष पाँच कम्पनीमा गुराँस लघुवित्त, विन नेपाल लघुवित्त सामुदायिक लघुवित्त र एक्सल डेभलपमेन्ट बैंक रहेका छन् । आजको कारोबार बन्द हुँदा गुराँस लघुवित्तको सेयर मूल्यमा २०६ रुपैयाँले घटेर २ हजार ४५८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको ७.७३ प्रतिशतले कम हो ।
त्यस्तै विन नेपाल लघुवित्तको सेयर मूल्य पनि आज ६.०३ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य १७२ रुपैयाँ ९० पैसाले घटेर २ हजार ६९५ रुपैयाँ पुगेको छ । त्यस्तै सामुदायिक लघुवित्तको सेयर मूल्य पनि आज ४.७६ प्रतिशत अर्थात् ८४ रुपैयाँले घटेर १ हजार ६८० रुपैयाँ पुगेको छ । आज एक्सल डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ३३ रुपैयाँले घटेर ७१६ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.४१ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्