काठमाडौं । मंगलबार सेयर बजार परिसूचक दोहारो अंकले बढेर बन्द भएको छ । सेयर बजार बढेर बन्द हुँदा पनि ९७ कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ ।
त्यसमध्ये आज अपर स्याँङ्गे हाइड्रोपावर, जानकी फाइनान्स, गुराँस लघुवित्त, युनिक नेपाल लघुवित्त र समाज लघुवित्त संस्था धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनी भित्र परेका छन् । आज अपर स्याँङ्गेको सेयर मूल्य सबै भन्दा बढी ९.५१ प्रतिशत अर्थात् ८३ रुपैयाँले घटेर ७९० रुपैयाँ पुगेको छ । त्यस्तै आज जानकी फाइनान्सको सेयर मूल्य पनि ६३ रुपैयाँ ५० पैसाले घटेर ८८५ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.६९ प्रतिशतले कम हो ।
त्यस्तै आज गुराँस लघुवित्तको सेयर मूल्य ३.४६ प्रतिशत अर्थात् ८५ रुपैयाँले घटेर २ हजार ३७३ रुपैयाँ पुगेको छ । आज युनिक नेपाल लघुवित्तको सेयर मूल्यमा पनि ९३ रुपैयाँले घटेर २ हजार ५९७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.४६ प्रतिशतले गिरावट हो । समाज लघुवित्तका सेयरधनीहरुले पनि आज ३.४४ प्रतिशतले गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य १२४ रुपैयाँले घटेर ३ हजार ४७६ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्