Skip to content
Prabhu

नेपाल एसबिआई बैंकको सीईओमा रामकुमार तिवारी

nabil

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामकुमार तिवारी नियुक्त भएका छन् । बैंकको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई प्रबन्ध सञ्चालक तथा सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

तिवारीले आगामी माघ २ गतेबाट सीईओको जिम्मेवारी सम्हाल्नेछन् । यसअघि बैंकका सीईओको रूपमा कार्यरत भारतीय स्टेट बैंक (एसबीआई) का प्रतिनिधि दीपककुमार देका स्थानमा तिवारी नियुक्त भएका हुन् । भारतीय स्टेट बैंकसँगको सेवा सम्झौताअनुसार एसबीआईले नेपाल एसबिआई बैंकमा प्रबन्ध सञ्चालक खटाउने प्रचलन रहँदै आएको छ ।

रामकुमार तिवारी नेपाल एसबिआई बैंकका महाप्रबन्धक हुन् । करिब १९ वर्षको बैंकिङ अनुभव भएका तिवारीले इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटीबाट बैंकिङ एण्ड फाइनान्समा एमबीए गरेका छन् ।

उनले बैंकभित्र विभिन्न उच्च जिम्मेवारी निर्वाह गर्दै बैंकिङ क्षेत्रमा व्यापक अनुभव संकलन गरेका छन् । तिवारीको नेतृत्वलाई बैंकले सशक्त व्यवस्थापन र संस्थागत वृद्धि हासिल गर्न मद्दत गर्ने विश्वास लिएको छ । नेपाल एसबिआई बैंक देशभर वित्तीय सेवाहरू उपलब्ध गराउँदै आएको प्रतिष्ठित संस्था हो । तिवारीको सीईओका रूपमा नियुक्तिले बैंकको आगामी रणनीतिक योजनाहरूलाई थप बलियो बनाउन योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

 

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal