काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको पहिलो म्युचुअल फण्ड ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ आज मंसिर २० गतेदेखि बिक्री खुला भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाई जारी गर्न लागेको हो ।
जसमध्ये १ करोड ३० लाख इकाई कोष प्रवर्धक र २० लाख इकाई योजना व्यवस्थापकलाई छुट्याइएको छ । यसरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्री खुला गरिएको छ । यसमा आवेदन दिँदा घटीमा १०० इकाई र बढीमा १ करोड इकाईको माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन मंसिर २४ गतेसम्म दिन सकिनेछ । यो अवधिमा पर्याप्त आवेदन नपरेमा पुस ४ गतेसम्म बिक्री खुला गरिनेछ ।
यस अवधिभित्र कम्तीमा ५ करोड इकाईका लागि आवेदन परेको खण्डमा मात्र इकाई बाँडफाँड हुनेछ । न्यूनतम आवेदन नपरेमा योजना खारेज गरी लगानीकर्तालाई रकम फिर्ता गरिनेछ । यो १० वर्ष अवधिको बन्दमुखी म्युचुअल फण्ड हो । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ । यसको योजना व्यवस्थापक र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड नै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्