Skip to content

३६६ दिनका लागि ४ अर्ब ३७ करोड रुपैयाँ ब्याजमा लगाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले उत्पदान तथा पेन्सन कोष र कर्मचारी संरक्षण कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाहरुमा ब्याजमा लगाउने भएको छ । केन्द्रीय बैंकले शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र स्तरका बैंक तथा वित्तीय संस्थाहरुमा ४ अर्ब ३७ करोड रुपैयाँ ब्याजमा लगाउने जनाएको हो ।

केन्द्रीय बैंकले राष्ट्र स्तरको ‘क’ वर्गका वाणिज्य बैंकमा ३ अर्ब ४९ करोड ६० लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ६५ करोड ५५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा २१ करोड ८५ लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । २०८१ पुष २ गतेदेखि २०८२ पुष २ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खुलाई मंसिर २३ गते ब्याजदर प्रस्ताव गर्न बैंकले आह्वान गरेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

उक्त निक्षेप लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्ने बैंकले जनाएको छ । त्यस्तै, निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पत्ति बैंकले तोकेको न्युनतम सीमा कायम गरेको र कर्जा निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको बैंकहरुमा लगानी गर्ने राष्ट्र बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्