Skip to content

बङ्गलादेशको व्यापार घाटा ६ अर्ब ६६ करोड अमेरिकी डलरमा झरेको

nabil bank

ढाका ।बङ्गलादेशको व्यापार घाटा चालू आर्थिक वर्ष सन् २०२४–२५ को पहिलो चार महिना ९जुलाई सन् २०२४–जुन २०२५० मा वार्षिक रूपमा झण्डै १२ प्रतिशतले घटेर ६ अर्ब ६६ करोड अमेरिकी डलर पुगेको छ।

बङ्गलादेश केन्द्रीय बैंकको तथ्यांकले जुलाई–अक्टोबरको अवधिमा देशको आयात भुक्तानी एक प्रतिशतले बढेर २० अर्ब ९५ करोड अमेरिकी डलर रहेको देखाएको छ भने निर्यातबाट हुने आम्दानी सोही अवधिको तुलनामा ८ दशमलव ३ प्रतिशतले बढेर १४ अर्ब ३० करोड डलर रहेको छ ।

बंगलादेश बैंकको तथ्यांकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा (जुलाई २०२३–२०२४) निर्यात आम्दानी र आयात भुक्तानीबीचको अन्तर ७ अर्ब ५४ करोड डलर रहेको देखाएको छ ।

लाखौं बङ्गलादेशीहरू र विदेशमा काम गर्नेहरूको बलियो रेमिट्यान्सले व्यापारमा आएको गिरावटको प्रभावलाई कम गर्न मद्दत गरेको बंगलादेश बैंकका अधिकारीहरूले जनाएको छ ।

यस वर्षको जुलाई–अक्टोबर अवधिमा बङ्गलादेशको रेमिट्यान्स कुल करिब ९ अर्ब डलर पुगेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi