Skip to content

विदेशीले नेपालमा लगानी गर्न डराउनु पर्दैन, एनआरएनएलाई लगानी बढाउन सभापति लामिछानेको अपिल 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विदेशी तथा गैर आवासीय नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।
रास्वपाले आयोजना गरेको पार्टीका नवनिर्वाचित सांसदको अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेले नेपाल लगानीका लागि सुरक्षित र सम्भावनायुक्त गन्तव्य रहेको उल्लेख गरेका छन् । उनले विदेशी लगानीकर्तालाई नडराई बिना संकोच लगानी गर्न आह्वान गरेका हुन।
उनले विशेष गरी विदेशमा रहेका गैर आवासीय नेपाली (एनआरएनए) लाई पनि देशभित्र पुँजी भित्र्याउन आग्रह गरे। अब बन्ने सरकारले लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्ने वातावरण निर्माण गर्ने उनले बताए।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima