Skip to content

सीजी इलेक्ट्रोनिक्सका सामान किन्दा ‘लक्की ड्र’ मार्फत एनपीएलको निःशुल्क टिकट

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट जित्न सकिने अफर ल्याएको छ । सीजी इलेक्ट्रोनिक्सअन्तर्गत कुनै पनि ब्रान्डको उत्पादन खरिद गर्दा ग्राहकले ‘लक्की ड्र’मार्फत टिकट जित्न सक्ने कम्पनीले जनाएको छ ।

टिकट जितेर कीर्तिपुरस्थित क्रिकेट स्टेडियममा प्रत्यक्ष खेल हेर्ने मौका पाउने कम्पनीले जनाएको छ ।

सीजी इलेक्ट्रोनिक्सअन्तर्गत एलजी, सीजी, टिसीएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्ट, एलिका, क्रम्प्टन जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू छन् ।

यी ब्रान्डका ठूला घरेलु उपकरण टिभी, वासिङ मेसिन, फ्रिज, एयर कण्डिसनर आदिका साथै साना घरेलु उपकरणहरू जस्तै एयर फ्रायर, हिटर, गिजर, भ्याकुम क्लिनर, प्रेसर कुकर, आयरन, कफी मेकरलगायत बजारमा उपलब्ध छन् ।

विशेष अफरले उत्कृष्ट उत्पादन खरिदका साथै क्रिकेटको प्रत्यक्ष मज्जा लिने अवसर उपलब्ध गराउने कम्पनीले जनाएकाे छ। घरायसी यो अभियानले ग्राहकलाई उत्कृष्ट मूल्यका साथ क्रिकेटको राष्ट्रव्यापी जोशलाई मनाउने अनौठो अवसर दिने कम्पनीककाे विश्वास छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T