काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन तोलामा २ हजार रुपैयाँले बढेको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
आज छापावाला सुनको मूल्य तोलामा १ लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चादी तोलाको १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।












प्रतिक्रिया दिनुहोस्