चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति २२५५ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको चार महिनाको अवधिमा यस्तो सञ्चिति १०.५० प्रतिशतले बढेर २२५५ खर्ब ३५ करोड पुगेको हो ।
केन्द्रीय बैंकका अनुसार २०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेकोमा १०.५ प्रतिशतले वृद्धि भई २०८१ कात्तिक मसान्तमा रु.२२५५ अर्ब ३५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा रु.१८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई रु.२००८ अर्ब १५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु.१९२ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा २८.४ प्रतिशतले वद्धि भई रु.२४७ अर्ब २० करोड कायम भएको छ । २०८१ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ ।












प्रतिक्रिया दिनुहोस्