Skip to content

नेपाललाई विश्व बैंकद्वारा साढे १३ अर्ब ऋण स्वीकृत

काठमाडौं । नेपाललाई विश्व बैंकले १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ५० करोड रुपैयाँ बराबर) को ऋण स्वीकृत गरेको छ । नेपालाई दिने सो रकम बराबरको ऋण विश्व बैंक कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले स्वीकृत गरेको हो ।

नेपालमा कार्यान्वयन भइरहेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) हासिल गर्ने प्रयासलाई सहयोग गर्न विकास नीति सञ्चालन (डीपीओ) अन्तर्गत यो ऋण प्रदान गरिएको विश्व बैंकले जनाएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

विश्व बैंकका अनुसार डीपीओको दोस्रो शृंखलाअन्तर्गत सहयोग भएको हो । ‘कार्यक्रममा आधारित यो डीपीओ शृंखला नेपाललाई अझै बढी उत्थानशील बनाउन तथा दिगोपन हासिल गर्न उत्प्रेरकको काम गर्ने छ, यसले नेपालीका लागि दीर्घकालीन विकासको आधार सिर्जना र संरक्षण गर्ने छ,’ नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले भने ।

यो ऋणले नेपालका वित्तीय उपकरण, जलसुरक्षा, सिँचाइ, भूउपयोग तथा व्यवस्थापन, दिगो वन व्यवस्थापन, जलवायु एवं विपद् सूचना प्रणाली लगायतमा उपयोग हुने उनले बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्