Skip to content

अण्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँले बढ्यो

nabil bank
फाइल फोटो

काठमाडौं । बजारमा अण्डाको मूल्य बढेको छ। मागअनसार उत्पादन नहुँदा मूल्य बढ्न थालेको हो। गत शुक्रबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोख पोखरेलले जानकारी दिए।

बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन्। अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ७०, ठूलो चार सय ८५ र एक्सल अण्डा पाँच सय रुपैयाँ छ।

यसअघि मध्यम अण्डा प्रतिक्रेट चार सय ५५, ठूलो चार सय ७० र एक्सल चार सय ८५ रुपैयाँ थियो। यो किसानले पाउने मूल्य हो। उपभोक्ता मूल्य भने प्रतिगोटा २० रुपैयाँ छ। आगामी दिनमा अण्डाको मूल्य बढ्दा उपभोक्ता मूल्य पनि बढ्ने पोखरेल बताउँछन्।

‘अहिले किसानले पाउने मूल्य मात्रै बढेको छ। उपभोक्ता मूल्य स्थिर नै छ, उनले भने, ‘अब बढ्दा उपभोक्ता मूल्य पनि बढ्छ।’  पोखरेलका अनुसार लागत मूल्य नउठ्दा एकातिर अण्डा उत्पादक किसान घटेका छन् भने, चिसोका कारण अहिले अण्डा उत्पादन हुन पनि सकेको छैन।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi