Skip to content

सुन तोलामा २२ सय रुपैयाँले घट्यो, कातिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबारको दिन पनि घटेको सुनको मूल्य आज तोलाको २ हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुनको मूल्य १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी तोलाको १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime