Skip to content

राजधानीमा सिन्धुलीको जुनार मेला,गोलन्जोरको जुनार उत्कृष्ट

nabil bank

काठमाडौं । अमिलो प्रजातिको जुनारको स्वाद र परिकार चखाउने उद्देश्यले राजधानमा आयोजित साताब्यापि गोलञ्जोर जुनार मेला चलिरहेको छ ।

मेलामा जुनार जुस, केक, आइसक्रिम, जुनार सलाद, क्रेप सुजेट, फ्रेस जुनारको जुस, हट जुनार जुस, हट जुनार जुसको साथमा रम र स्थानीय जौको रक्सीसँग जुनार जेस्टको फ्रेस स्वाद जस्ता परिकार राखिएको ग्रीन ग्रोथले जनाएको छ ।

ग्रीन ग्रोथ ग्रुप, स्टोरी साइकल, स्मार्ट एग्रिकल्चर र रैथानेले संयुक्त आयोजनामा कुपण्डोलस्थित रैथाने रेष्टुरेन्ट र ललितपुरका हाटहरुमा जुनार मेला सञ्चालन गरिएको छ । रैथाने रेष्टुरेन्टमा जुनारका परिकार चाख्न र ललितपुरको साझा सहकारीमा शुक्रबार शनिबार धोबिहाटमा आइतबार र भनिमण्डलमा मंगलबार हुने हाटमा जुनार किन्न पाइने छ ।

ग्रीनग्रोथका सञ्चालक निश्चल पोखरेलका अनुसार पहिलो कुरो त जुनार कस्तो खालको फल हो भनेर उपभोक्तालाई चिनाउन नै पर्ने अवस्था छ । प्रायःले नुन खुर्सानीमा साँधेर या जुस बनाएर जुनार खाने गरिए पनि जुनारबाट अन्य परिकार केके बनाउन सकिन्छ भन्ने जानकारी दिनका लागि समेत जुनार मेला गरिएको बताए।

स्टोरी साइकलका सञ्चालक दिपीका ज्ञवालीका अनुसार उपभोक्ताले जुनारको उत्पादनदेखि बजारसम्मको यात्रा विवरण क्यूआर कोडबाट ट्रयाक गरेर हेर्न सक्छ । हाम्रो करेशा मोवाइल एपबाट यो क्यूआर कोड स्क्यान गरेपछि उपभोक्ताले किन्दै गरेको जुनार कहाँको हो भन्ने जानकारी पाउँछ ।

खरिद गरेको जुनारमा कहिले मल हालेको, कहिले टिपेको, कति दूरी पार गरेर ल्याइएको हो रु जस्ता विवरण उपभोक्ताले पाउन सक्छ । यसमा जुनार उत्पादक कृषकको बारेमा जानकारी समेत राखिएको हुन्छ। यस पटक सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको तिनकन्या बगैचाको जुनारको ब्रान्डिङ गरिएको हो ।

गोलञ्जोर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्र कान्त चौधरीका अनुसार जुनार २९८ कृषकले १ हजार ४५ हेक्टरमा जुनार खेती गरिरहेका छन् । सिन्धुलीका ४ स्थानीय तह सुनकोसी–७ मझुवा, कमलामाई–३ जलकन्या, गोलञ्जोर–१ देखि ६ सम्म र तीनपाटन–७ तोश्रामखोलामा बगैचा छ । सबैभन्दा बढी गोलञ्जोर गाउँपालिकाकाका अधिकांश क्षेत्रमा जुनार खेती गरिन्छ । यो मेला बाट गोलञ्जोर जुनारले विशिष्ठ पहिचान दिन सक्छ ।

अमिलो जातको फलफूल सिट्रस वर्गमा पर्ने जुनार नेपालको एक मात्र मौलिक फल हो । रामेछाप र सिन्धुलीमा अत्यधिक फल्ने जुनार अहिले देशका विभिन्न भागमा फैलिएको छ । धनकुटा, बैतडी, डोटी, डडेलधुरा, ओखलढुंगा, लमजुङ, पाल्पा र रुकुममा मुख्यगरी जुनार खेती हुने गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi