Skip to content

शिवम् सिमेन्टले गर्यो लाभांश घोषणा

काठमाडौं । शिवम् सिमेन्टले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको मंसिर २७ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ८.५५ प्रतिशतले हुन आउने ४२ करोड ९८ लाख ८ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशतले हुन आउने २ करोड २६ लाख २१ हजार ५०० रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले यही पुस २९ गते वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहको सिटी हलमा बिहान ९ बजेबाट सुरु हुनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १७ गत बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १७ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुने छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima