काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा २ हजार ८ सय ४० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा खरिद बिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्