Skip to content

सिर्सिया सुक्खा बन्दरगाहबाट ५ महिनामा राजस्व संकलन १९ अर्ब ७८ करोड

Stranded containers being loaded at the dry port in Birgunj, amid the unofficial blockade imposed by India at the border point, on Thursay, October 29, 2015. Photo: Ram Sarraf

वीरगञ्ज । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा १९ अर्ब ७८ करोड ११ लाख २७ हजार राजस्व संकलन गरेको छ । कार्यालयले पाँच महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३२ दशमलव ९४ प्रतिशत राजस्व संकलन गरेको हो ।

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले चालु आवको पाँच महिनामा राजस्व संकलनमा कमी आएको जानकारी दिए। कार्यालयका अनुसार विदेशी वस्तु तथा सामानको आयात घटेसँगै राजस्व संकलन पनि प्रभावित भएको छ ।

चालु आवको साउनमा रु तीन अर्ब ७५ करोड रुपैयाँ, भदौमा ४ अर्ब ६४ करोड रुपैयाँ, असोजमा ४ अर्ब ३६ करोड र कात्तिकमा तीन अर्ब ७९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय जनाएको छ । यस्तै, मङ्सिरमा भने अन्य महिनाको तुलनामा सबैभन्दा कम अर्थात् तीन अर्ब २२ करोड ८४ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले गत आवको पाँच महिनामा रु २१ अर्ब चार करोड १६ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life