Skip to content

५१औं वार्षिकोत्सवको अवसरमा लक्ष्मी ग्रुपले गर्यो विविध कार्यक्रम

nabil bank

काठमाडौं । लक्ष्मी ग्रुपले ५१औं वार्षिकोत्सव सम्पन्न गरेको छ । ग्रुपले आफू मातहतका विभिन्न संस्थामार्फत विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम गर्दै शुक्रबार सम्पन्न गरेको हो।

सो ग्रुपअन्तर्गतको कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको सेरेब्रल पल्सी सेन्टरमा ६० जना बढी बालबालिकालाई स्टेसनरी र अन्य सामग्री उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

त्यस्तै ग्रुपले रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । जसमा १ सयभन्दा बढी कर्मचारीले सहभागिता रहेको थियो । लक्ष्मी ग्रुपअन्तर्गतको हुन्डाई काठमाडौंले नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सफाइ अभियान सञ्चालन पनि गरेको छ ।

सन् १९७३ मा लक्ष्मी मिठाइ भण्डारका रूपमा मिठाइ उत्पादनबाट व्यवसाय सुरु गरेको लक्ष्मी ग्रुप कन्फेक्सनरी, निर्माण सामग्री, गाडी तथा कम्पोनेन्टको बिक्री–वितरण र होम एप्लाएन्सेसलगायत अन्य गणुस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको प्रतिष्ठित समूह बनेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime