Skip to content

टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

nabil
global ime

अंकारा । टर्कीएको दक्षिणपश्चिमी भागमा रहेको एक अस्पतालमा आइतबार हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रान्तीय गभर्नरले बताएका छन् । मुग्ला प्रान्तका गभर्नर इद्रिस अकबियिकले भने, ‘उडानभर्ने क्रममा अस्पतालको चौथो तल्लामा ठोक्किएर हेलिकप्टर भुइँमा खसेको र दुर्घटनामा दुई पाइलट, एक चिकित्सक र एक कर्मचारीको मृत्यु भएको छ ।’

‘बाक्लो हुस्सु लागेको थियो’, अकबियिकले भने, ‘अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्।’  एनटिभी टेलिभिजन च्यानलले प्रसारण गरेको तस्बिरमा देखाइएझैं मुग्लाको अस्पतालको छतबाट उडान गरी अन्टाल्या सहरतर्फ जाँदै गरेको हेलिकप्टर उडानका लागि उपयुक्त भिजिभिलिटीको कारण दुर्घटना भएको देखिन्छ ।

टर्कीका सञ्चार माध्यमका अनुसार हेलिकप्टर उडेको केही मिनेटपछि कुहिरोमा डुबेको र त्यसपछि अस्पतालको छेउमा रहेको खाली खेतमा खसेको थियो । टर्कीको दक्षिणपश्चिमी इस्पार्टा प्रान्तमा सेनाको प्रशिक्षण अभ्यासका क्रममा दुई हेलिकप्टर एकआपसमा ठोक्किँदा छ सैनिकको मृत्यु भएको दुई साता नबित्दै उक्त दुर्घटना भएको हो ।

त्यतिबेला रक्षा मन्त्रालयले हेलिकप्टर दुर्घटनाको कारण खुलाएको थिएन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima