Skip to content

व्यावसायिक माछापालनबाट कटुवाल वार्षिक ११ लाख आम्दानी गर्दै

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे ।जग्गा भाडामा लिएर उनले आफू सहित दुईजनाको साझेदारीमा ३१ लाख रुपैयाँ लगानी छ बिघा क्षेत्रफलमा पोखरी बनाएका हुन् ।

पोखरीमा बिगेट, रेहु, नैनी, कोमन , पंगास(बैखी) जातको माछा पालिएका छन् । उनले भने, ‘ वार्षिकरुपमा ११ लाख रुपैयाँसम्म आम्दानी भएको छ ।’ पोखरीबाट वार्षिकरुपमा बिगेट, रेहु, नैनी, कोमन प्रजातिको ५० क्विन्टल माछा उत्पादन भएको छ भने पंगास (बैखी) जातको एक सय क्विन्टल उत्पादन भएको उनले बताए । पछिल्लो समय व्यवसायी कटुवालले परम्परागतसँगै नयाँ प्रजातिका माछा उत्पादन गर्दै आएका छ ।

जिल्लाका विभिन्न स्थानमा पंगासअर्थात् बैखी माछापालनमा आकर्षण देखिएको छ । किसानले यसको व्यावसायिक उत्पादन सुरु गरेको उनको भनाइ छ । कम क्षेत्रफलमा थोरै लगानीले यो जातको माछा बढी उत्पादन हुने भएकाले यो माछापालनतर्फ स्थानीय किसानको आकर्षण बढी रहेको उनको भनाइ छ ।

सबै उमेर समूहका मानिसले यसको स्वाद मन पराउन थालेपछि पंगास माछापालनलाई व्यावसायिक रूपमा गर्दै आएको उनले जानकारी दिए । परम्परागत माछाभन्दा पंगासको उत्पादन र उत्पादकत्व क्षमता बढी रहेको उनले जानकारी दिए । पंगास माछापालनको क्षेत्रफल वार्षिकरुपमा बढ्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाले जनाएको छ । सुनसरीमा पाँच सय ८२ हेक्टर क्षेत्रफलमा व्यावसायिक माछापालन हुँदै आएको केन्द्रका निमित्त कार्यालय प्रमुख डा मनोजकुमार महतोले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima