Skip to content

उत्कृष्ट रोजगारदाता उद्योगमा रिलायन्स स्पिनिङ मिल्स सम्मानित

nabil bank

काठमाडौं । उत्कृष्ट रोजगारदाता उद्योगको रूपमा रिलायन्स स्पिनिङ मिल्स सम्मानित भएको छ। नेपाल समुद्रपार निकासी पैठारी संघले उत्कृष्ट रोजगारदाता उद्योगका रुपमा रिलायन्स स्पिनिङ मिल्सलाई सम्मानित गरेको हो।

गत आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरैलाई रोजगारी दिएर योगदान गरेको भन्दै उद्योगलाई सम्मान गरिएको हो। उद्योगका सञ्चालक शशीकान्त अग्रवालले सम्मानपत्र ग्रहण गरेका थिए।

सम्मानले उद्योगको प्रतिष्ठा मात्रै नभई उत्कृष्टताको नयाँ बेञ्चमार्क बनाएको संघले उल्लेख गरेको छ। उत्कृष्ट निर्यातकर्ताको रुपमा पटक–पटक सम्मानित हुँदै आएको रिलायन्स २०५४ सालमा स्थापना भएको थियो।

१५ अर्ब लगानी रहेको उद्योगमा ४ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। उद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्कीलगायत तेस्रो मुलुकमा निर्यात गर्दै आएको छ।

सुनसरी जिल्लामा कम्पनीले धागो कारखाना सञ्चालन गरेको छ। उद्योगले ऊन धागो, सूति (कटन) धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो उत्पादन गर्दै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi