काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्ना सेयरधनीहरुका लागि वितण गर्ने लाभांश खातामा जम्मा भएको छ । कम्पनीको पुस ६ गतेको साधारणसभाले पारित गरेको २० प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित सेयरधनीको खातामा जम्मा भएको हो ।
कम्पनीले लाभांश सेयरधनीको सम्बन्धित बैंक खातामा पुस ६ गतेदेखि नै जम्मा गराइएको जनाएको छ । हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका र डिम्याट खाता अद्यावधिक नगरेका सेयरधनीलाई सेयर अभौतिकीकरण र अद्यावधिक गर्न समेत आग्रह गरेको छ ।
साथै धितोबन्धक राखी कर्जा लिएका सेयरधनीको कर्जा चुक्ता गरेको फुकुवा पत्र प्राप्त भएपछि मात्रै बैंक खातामा पठाइने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्