काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का हुने भएको छ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन नै नियन्त्रणमा लिएपछि बैंकको सेयर कारोबार रोक्का हुने भएको हो ।
राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ (ग) अनुसार बैंकका सेयरधनीहरुको मताधिकार वा अन्य अधिकारहरु निलम्बन हुनेछ । यस्तै पुँजी वृद्धि गर्न सेयरधनीहरुलाई प्रदान गर्ने लाभांश वा अन्य रकमहरु वितरणमा रोक लगाउनेछ भने निक्षेप स्वीकार, कर्जा प्रवाह वा लगानीमा प्रतिबन्ध लगाउने वा सोको सीमा तोक्नेछ । यसअघि मंसिर ११ गतेबाट राष्ट्र बैंकले बैंकको निक्षेप स्वीकार तथा कर्जा प्रवाह गर्ने अधिकार कटौती गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्