काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुमा ६ अर्बभन्दा बढीको बीमा पोलिसी सरेण्डर भएको छ । बीमा प्राधिकरणको तथ्यांकअनुसार मंसिर मसान्तसम्मको अवधिमा बिमितहरुले ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको हो ।
पछिल्लो समय बीमा गराएर तोकिएको समयभन्दा पहिले नै त्योग्ने क्रमब बढ्दै गएको प्राधिकरणको तथ्यांक देखाएको छ । आर्थिक मन्दीका कारण बीमा पोलिसी सरेन्ड बढेको बीमा विज्ञहरुको भनाइ छ । प्राधिकरणको तथ्यांकअनुसार मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमार्फत ४५ हजार ६० वटा बीमा पोलिसी सरेन्डर भएका छन् ।
मंसिर मसान्तसम्ममा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर एलआईसी नेपालको भएको छ । यो कम्पनीबाट बीमतिले मंसिर मसान्तसम्ममा ११ हजार ७ सय ९३ वटा बीमा पोलिसी सरेन्डर गरेका छन् । जसबाट १ अर्ब ९३ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । त्यस्तै धेरै सरेन्डर हुने कम्पनीको दोस्रोमा नेपाल लाइफ रहेको छ । यो कम्पनीमा मंसिर महिनासम्ममा १० हजार ३ सय १७ वटा बीमा पोलिसीबापत १ अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ ।
प्राधिकरणको तथ्यांकअनुसार यो अवधिमा एसियन लाइफको ३७५२ वटा पोलिसीबाट ४० करोड १४ लाख रुपैयाँ, नेसनल लाइफको २ हजार ५४१ वटा पोलिसीमार्फत ३७ करोड ११ लाख रुपैयाँ र सूर्य ज्योति लाइफको २ हजार ४८८ पोलिसी सरेन्डरबाट ३२ करोड ६४ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ ।
त्यस्तै मंसिर महिनासम्मको अवधिमा हिमालयन लाइफको ३ हजार २८ पोलिसीमार्फत २८ करोड ३० लाख रुपैयाँ, मेट लाइफको १ हजार ५१६ पोलिसीबाट १७ करोड २३ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको ७८७ पोलिसीमार्फत १० करोड ९५ लाख रुपैयाँ र आइएमई लाइफको ७६३ पोलिसीबाट ८ करोड ४३ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ ।
त्यस्तै मंसिर महिनासम्मको अवधिमा सिटिजन लाइफको १ हजार १०८ पोलिसी सरेन्डर हुँदा ८ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ५४९ पोलिसीबाट ७ करोड ८० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ७०८ पोलिसी मार्फत ४ करोड ४६ लाख रुपैयाँ र सन नेपाल लाइफको २९५ पोलिसी बाट २ करोड ९४ लाख रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।
त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीमा ५ हजार ४१० पोलिसी सरेन्डर हुँदा ५१ करोड ३२ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ ।
प्रतिक्रिया दिनुहोस्