काठमाडौं । मंगलबारको सेयर कारोबार खुल्ने वित्तिकै सपोर्ट माईक्रोफाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार खुलेको पहिलो १० मिनेटमा नै यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य ३५८ रुपैयाँ ७० पैसाले घटेर ३ हजार २२८ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा समग्र बजार परिसूचक पनि १३ दशमलव २५ अंकले घटेर २५९६ दशमलव ३२ विन्दुमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्