Skip to content

होटल व्यवस्थापनमा विश्व चर्चित चेन रोयल टुलिप नेपालमा, अब गुण समूहको म्यासिफ होटल चलाउने

nabil bank

काठमाडौं । फ्रान्सेली अन्तर्राष्ट्रिय चेन होटल रोयल टुलिपले गुण समूहले निर्माण गरेको ग्वार्कोस्थित द म्यासिफ होटलको व्यवस्थापन सम्हाल्ने भएका छ। उक्त होटलको व्यवस्थापन सम्हाल्ने विषयमा औपचारिक सम्झौता भएको छ ।

गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य र टुलिपका तर्फबाट लुभ्र होटलका निर्देशक अजयकुमार बकायबीच ललितपुरमा सम्झौता भएको हो । यो सम्झौतासँगै शाक्यले म्यासिफ होटल रोयल टुलिपमा रुपान्तरण भएको घोषणासमेत गरेका छन् ।

 

गुण समूहले करिब साढे ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको यो होटलमा टुलिपका प्रवेशसँगै आगामी ६ महिनाभित्रै पूर्ण रूपमा सञ्चालनाम आउने छ । गुण समूहको पहिलो पाँचतारे होटल द म्यासिफको व्यवस्थापन अन्तर्राष्ट्रिय चेन होटलले सम्हाल्ने सम्झौताले खुसी लागेको शाक्यले प्रतिक्रिया दिए ।

कार्यक्रममा वकायाले लुभ्रअन्तर्गत रोयल टुलिप ब्रान्डमा म्यासिफ २३ औ होटल भएको बताए । उनले भने ‘यो होटल नै आतिथ्यता र विशेष गरी कन्फ्रेन्स, वैवाहिक समारोहका लागि उपयुक्त रहनेछ ।’

गुण समूहकाका प्रवन्ध निर्देशक दिप्रश शाक्यले यो सम्झौताले देशमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई फरक किसिमको आतिथ्यता प्रदान गरिने बताए । अहिले पहिलो चरणमा कन्फ्रेन्स हल, सेमिनार हल सञ्चालनमा ल्याउने तयारी गरेको होटलले अबको ३ महिनापछि कोठा पनि सञ्चालनमा ल्याउने छ ।

१६ रोपनी क्षेत्रफलमा फैलिएको यस होटलमा ३०२ कोठा रहने छन् । हाउजिङ, सपिङ मल, एयरलाइन्स, मिडिया उद्योग क्षेत्रमा लगानी विस्तार गरिरहेको यो समूहको होटल पहिलो हो । होटलमा प्रेसिडेण्टल, सुइट, डिलक्स र स्ट्यान्डर्ड लेभलका कोठा रहने छन् । हरेक कोठामा नेपालीपनसँगै लक्जरी हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime