Skip to content
Prabhu

प्रि ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

nabil

काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिनको प्रि ओपन सेसनमा सेयर बजार परिसूचक २ अंकले बढेको छ । यो सेसनमा नेप्से परिसूचक २ दशमलव ३३ अंकले बढेर २५८३ दशमलव ९४ विन्दुमा पुगेको हो ।

त्यस्तै यो सेसनमा सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ३४ अंकले घटेर ४४३ दशमलव ७८ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

बिहीबारको प्रि ओपन सेसनमा ४३ कम्पनीका ४५ हजार ३६६ कित्ता सेयर ७७ पटक खरिद बिक्री हुँदा २ करोड ८६ लाख ६६ हजार १४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal