Skip to content
Prabhu

सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

nabil

काठमाडौं । सानिमा बैंकका ग्राहकले बिगमार्टमा क्यासब्याक पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्टमा विशेष क्यास ब्याकको व्यवस्था गरेको हो ।

काठमाडौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी नेपाल अधिराज्यभर रहेका बिगमार्टका १ सय ७ वटा आउटलेटमा सानिमाका ग्राहकले बढीमा २०० रुपैयाँसम्म क्यासब्याक पाउने भएका हुन् ।

सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्मको क्यासब्याकको व्यवस्था गरेको छ ।

यो योजना एक वर्षसम्म चल्नेछ । सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३४ वटा कार्यालय तथा १ सय २५ वटा एटीएम सञ्चालनमा छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal