काठमाडौं । अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागि सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पूरा गरी नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका १ सय जनाले एमडीआरटी लक्ष्य पूरा गर्न सफल भएका छन् ।
उक्त कम्पनीका हजारौं अभिकर्तामध्ये दुई जना टीओटी, तीन जना सीओटी र ९५ जना एमडीआरटीको लक्ष्य प्राप्त गर्न सफल भएका छन् । नेशनल लाइफ इन्स्योरेन्सको चार दशकको इतिहासमा प्रथम पटक दुई जना अभिकर्ताहरुले सन २०२५ को टीओटी लक्ष्य प्राप्त गर्न सफल भएका छन् ।
नेसनल लाइफ इन्स्योरेन्समा आबद्ध भई बीमा व्यवसाय सञ्चालन गरिरहेका हजारौं अभिकर्तामध्ये बुटवल शाखा कार्यालयमा आवद्ध बिमल न्यौपाने र कम्पनीको नारायण चौर शाखाकी शशीकला तामाङ सन् २०२५ को टीओटी बन्न सफल भएका छन् ।
साथै, जीवनकुमार खत्री, शर्मिला अर्याल पाण्डे र प्रकाश श्रेष्ठले सीओटी लक्ष्य प्राप्त गर्न सफल भएका छन् । अभिकर्ताहरुले गरेको अथक प्रयास र मिहिनेतले यो लक्ष्य प्राप्त गर्न सफल भएका हुन् । सन् २०२५ को लागि नेशनल लाइफ इन्स्योरेन्सबाट ९५ जना अभिकर्ताहरु एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल भएका छन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले एमडीआरटी, सीओटी र टीओटी लक्ष्य प्राप्त गर्न सफल भएका सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद तथा बधान ज्ञापन गरेका छन् । साथै उनले आफ्ना अभिकर्ताहरुलाई सधै एमडीआरटी लक्ष्य प्राप्त गर्न आग्रह गर्नुका साथै एमडीआरटी लक्ष्य प्राप्त गर्ने सोच बनाएर बीमा व्यवसाय गर्दा प्रोफेशन अभिकर्ता बन्ने बताए ।
प्रतिक्रिया दिनुहोस्