कठमाडौं । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद कँडेलले गत आर्थिक वर्षमा पौने २ करोड रुपैयाँ तब भत्ता बुझेका छन् । बैंकले गत आर्थिक वर्षमा सीईओ कँडेललाई १ करोड ७० लाख ३२ हजार ७८७ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको हो ।
बैंकले गत आवका सीईओलाई तलब बापत ९६ लाख ३९ हजार १८७ रुपैयाँ, भत्ता बापत ४० लाख ८० हजार, दशैं भत्ता बापत ११ लाख ६ हजार ८ सय रुपैयाँ, बार्षिक बिदा भत्ता बापत ४ लाख ५० हजार, सवारी साधान बापत १७ लाख ५६ हजार ८०० रुपैयाँ भुक्तानी गरेको छ ।
सीईओ कँडेलले उक्त आम्दानीबाट राज्यलाई ६६ लाख ४२ हजार ७८६ रुपैयाँ ९३ पैसा कर तिरेका छन् । सीईओको तलब बापत राज्यलाई ३९ प्रतिशशतसम्म कर गएको छ ।
बैंकले सञ्चालकलाई होटल तथा दैनिक भ्रमण भत्ता बापत ६ लाख ८० हजार १०८ रुपैयाँ, पत्रपत्रिका तथा संचार शिर्षकमा ८ लाख ६४ हजार, सञ्चालक स्तरीय समिति बैठक भत्ता बापत ११ लाख ६६ हजार, सञ्चालक समिति तालिम खर्च ७१ लाख ८७ हजार ६५४ रुपैयाँ, अन्य खर्च ५ लाख ४८ हजार ७७० रुपैयाँ खर्च भएको छ । गत आवमा बैंकले सञ्चालकका लागि मात्रै बैठक भत्ता सहित विभिन्न शिर्षकमा १ करोड १९ लाख १२ हजार ५३२ रुपैयाँ खर्च गरेको छ ।
बैंकले अध्यक्षलाई बैठक भत्ता बापत १८ हजार र सदस्यहरुलाई १४ हजार भुक्तानी गर्ने गरेको छ । काठमाडौं उपत्यका बाहिरबाट सञ्चालक समिति वा सञ्चालक स्तरिय समितिको बैठकमा भाग लिन आउने सञ्चालकहरूका लागि आतेजाते हवाई जहाजको खर्च समेत बैंकले नै व्यहोर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्