Skip to content
Prabhu

सिबिफिनको अध्यक्षमा पुनः उपेन्द्र पौडेल, सचिवमा दुई जनाको उम्मेदवारी

nabil

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)को अध्यक्षमा पुनः उपेन्द्र पौडेल निर्विरोध चयन भएका छन् । सिविफिनको पाँचौ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्ष सहित अधिकांश पदमा सर्वसम्मत भए पनि सचिव पदमा भने दुई जनाको उम्मेदवारी परेको छ । सचिव पदमा महेन्द्र कुमार गोयल र थानेश्वर पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका राजेश उपाध्याय चयन भएका छन् भने रिलायन्स फाइनान्सका कुश प्रसाद मल्ली उपाध्यक्षमा चयन भएका छन् । महासचिवमा हिमालयन बैंकका प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन् । कोषाध्यक्षमा एनआइसी एशिया बैंकका तुलसीराम अग्रवाल र सह–कोषाध्यक्षमा गोर्खा फाइनान्सका गौरव बुढाथोकी चयन भएका छन् ।

सदस्यहरुमा राजाराम खड्का, डा. बाल गोपाल वैद्य, लिला प्रकाश सिटौला, मनोजकुमार गोयल, चन्द्र बहादुर अधिकारी, राधेश पन्त, रमण नेपाल, सुदिप आचार्य, चिन्तामणी भट्टराई र लक्ष्मी प्रसाद महर्जन चयन भएका छन् । यस्तै नयाँ कार्यसमितिको घोषणा बैंक तथा वित्तीय संस्था परिसंघको निर्वाचन समितिले गरेको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal