काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कोषले भोलि २२ गते बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म कायम भएका सेयरधनीलाई मात्रै लाभांश र साधारणसभामा भाग लिन पाउने छन् ।
नागरिक लगानी कोषले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश समेत गरी कुल १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारितका लागि कोषले यही पुस २९ गते सोमबार कोषको केन्द्रीय कार्यालय, सिआईटी बिल्डिङ, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि ३० औँ वार्षिक साधारणसभा बस्दैछ ।
प्रतिक्रिया दिनुहोस्