Skip to content

अमेरिकाद्वारा इजरायललाई ८ अर्ब डलरको हतियार बिक्री गर्ने योजना

nabil bank

वासिङटन । अमेरिकी विदेश विभागले इजरायललाई ८ अर्ब डलरको हतियार बिक्रीलाई अनुमोदन गर्ने आफ्नो योजनाका बारेमा शुक्रबार कांग्रैसलाई जानकारी गराएको छ ।

दुईवटा कांग्रेस कमिटीमा पठाइएको सूचनाअनुसार प्रस्तावित बिक्रीमा बम, लडाकु विमान, मिसाइल तथा जीपीएस निर्देशन प्रणाली समावेश छ । यद्यपि, एक अमेरिकी अधिकारीले शनिबार भने, ‘यदि कांग्रेसले अन्तिम स्वीकृति दिए भने हतियारसहित केही युद्धक सामग्री यो वर्षको डेलिभर गर्न सकिन्छ ।’

यो प्याकेजले राष्ट्रपति जो बिडेनको प्रशासनमा इजरायललाई अन्तिम हतियार बिक्री चिन्ह लगाउन सक्छ ।यसैबीच, इजरायली सेनाले शनिबार गाजा पट्टीमा ३० अलग–अलग आक्रमणहरूमा कम्तिमा ७० प्यालेस्टाइनीलाई मारेको छ ।

साथै, इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजामा बन्दी बनाएकाहरूलाई फिर्ता गराउन सम्बन्धित पक्षहरूसँग वार्ता भइरहेको अप्रत्यक्ष रूपमा बताए ।

बिहीबार, इजरायली प्रधानमन्त्रीको कार्यालयले सम्भावित बन्धक–युद्धविराम व्यवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीले प्रतिनिधिमण्डलको कतार भ्रमणलाई अनुमोदन गरेको घोषणा गरेको थियो ।

सन् २०२३ अक्टोबर ७ देखि हमासले इजरायलमा ठूलो आतंकवादी आक्रमण गर्यो । हमासद्वारा विदेशी नागरिकसहित १२ सयभन्दा बढी व्यक्तिको हत्या, बलात्कार तथा २५० भन्दा बढी बन्धकहरूलाई अपहरण गरिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime