काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारणसभा पुस २१ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको हो ।
उक्त सभाले आर्थिक वर्ष २०८०/८१ का लागि १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसमा ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश (कर सहित) समावेश छ । सभाले बैंकको वार्षिक आर्थिक प्रतिवेदन, सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड’ को वित्तीय विवरण तथा एकीकृत वित्तीय विवरणलाई स्वीकृति दिएको छ । साथै मेशर्स पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनीलाई आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकमा नियुक्त गर्दै पारिश्रमिक निर्धारण गरेको छ ।
सभामा बैंकको प्रबन्धपत्र र नियमावलीका केही दफामा संशोधन गर्ने प्रस्ताव स्वीकृत गरिएको छ । साथै अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग गाभिने, गाभ्ने वा प्राप्ति प्रक्रियामा अगाडि बढ्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्