काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको वृद्धि भयो । कारोबार रकममा पनि सुधार भएको दिन सेयर बजारमा २२६ कम्पनीको सेयर मूल्य बढेको दिन एक कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको हो ।
आज सेयर बजारमा आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यो कम्पनीको सेयर मूल्य ६१२ रुपैयाँले बढेर ६ हजार ७३२ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा सुपर मादी हाइड्रोपावर, साहास उर्जा लिमिटेड, मायाखोला हाइड्रोपावर र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् । आजको कारोबार बन्द हुँदा सुपर मादीको सेयर मूल्य १३२ रुपैयाँले बढेर १ हजार ४९३ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.७० प्रतिशतले धेरै हो । आजको कारोबार बन्द हुँदा साहास उर्जाको सेयर मूल्य पनि ८.७१ प्रतिशत अर्थात्र ४० रुपैयाँ ४० पैसाले बढेर ५०४ रुपैयाँ ४० पैसा पुगेको छ ।
त्यस्तै आज मायाखोला हाइड्रोको सेयर मूल्य पनि ४३ रुपैयाँ ५० पैसाले बढेर ५५० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.५९ प्रतिशतले धेरै हो । सोमबार सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ८.२५ प्रतिशत अर्थात् ८० रुपैयाँले बढेर १ हजार ५० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्